logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको कार्यदिशा रहस्यमय – मोहन वैद्य


  • राजनीति
  • शनिबार, असार २१ २०७६

पोखरा- नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द विप्लव समूहलाई राजनीतिक व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन्।

उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै खेद पनि प्रकट गरेका छन ।हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको शनिबार निर्णय सार्वजनिक गर्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न यद्यपि वैद्यले विप्लवको कार्यदिशा रहस्यमय भएको टिप्पणी गर्दै त्यसलाई सच्याउन विप्लवसँग आग्रह गरेका छन् ।

वैद्यले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएको निष्कर्ष निकालेको छ भने भारतीय हस्तक्षेप तीब्र भएको ठहर गरिएको छ ।

वैद्यले समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई विकसित तुल्याउने निर्णय समेत बैठकले गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार