राजनीति
सरकार द्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीले भोलि साउन १५ गते काठमाडौं उपत्यकासहित बाग्मती, नारायणी र जनकपुर अञ्चलका जिल्लाहरु बन्दको आह्वान गरेको छ।
सो पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका व्युरो इञ्चार्ज माइला लामालाई सरकारले पक्राउ गरेको विरोधमा उक्त बन्दको आह्वान गरेको हो। पार्टी प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै यस्तो बन्दको आह्वान गरेका हुन् । उनले उपत्यका इञ्चार्ज लामासहित सम्पूर्ण नेता–कार्यकर्ताको बिनाशर्त रिहाइको माग गरेका छन्।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गते राति सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इञ्चार्ज तथा सांस्कृतिक मोर्चाका इञ्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभिचारी, लुटेरा, दलाल, हत्यारा, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालतसमक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यस प्रकारको इतिहासकै तानाशाहको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवम् दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ।’
नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीविरुद्ध नेकपाले भोलि उपत्यकासहित ११ जिल्ला बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी अन्चलका सबै र जनकपुर (रामेछाप र दोलखा) जिल्ला बन्द घोषणा गरेका हुन् । जसअन्तर्गत बुधबार रामेछाप र दोलखासहित पुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द हुनेछन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’
पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको विज्ञप्तिमा उल्लेख छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको र सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही नभएको विज्ञप्तिमा उल्लेख छ । । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित संघर्षका कार्यक्रम घोषणा गरिएको बताइएको छ ।