logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बेनी सदरमुकाम नजिकै एनसेल टावरमा आक्रमण


  • राजनीति
  • बिहिबार, साउन १६ २०७६

म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा बुधवार राति अज्ञात समूहले आक्रमण गरी क्षति पुर्याएको छ।

बुधबार राति साढे १० बजे टावरमा बम विस्फोटको आवाजसँगै आगलागी भएको टावरका हेरालु (कर्मचारी) हरिलाल घिमिरेले जानकारी दिए। ‘अचानक ठूलो आवाज सहित बम पड्किएको आवाज आयो, घिमिरेले भने ‘घरबाट बाहिर निस्केर हेर्दा टावरमा आगो बलेको थियो। घिमिरेको घर टावररहेको स्थानदेखि ५ मिनेटको दुरीमा तलपट्टि रहेको छ।

घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याट«ीबक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। टावरमा क्षति पुगेपछि बुधवार राति देखिनै एनसेलको सेवा अवरुद्ध भएको छ।

अहिले बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेको दाबी गरिए पनि म्याग्दीमा कसले गरायो भन्ने खुलेको छैन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार