logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भोजपुरमा एनसेलको टावरमा आगजनी संगै तोडफोड, पूर्णरुपमा ध्वस्त


  • राजनीति
  • बिहिबार, साउन १६ २०७६

भोजपुर – रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा आगजनीसंगै तोडफोड भएको छ । अज्ञात समुहले गएराती वडा नं १ ओखेको डाँडाखर्कमा रहेको टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

टावरमा लगिएको तार, ब्याट्री तथा मेसिनमा आगजनीसंगै सोलार पाता तोडफोड भएको स्थानीयले बताएका छन् । आगजनीको खबर पाउन साथ घटना स्थलतर्फ प्रहरी गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टावरमा तोडफोडसंगै आगजनी भएको विषयमा स्थानियले प्रहरीलाई आज विहान जानकारी गराएका थिए ।

वडा अध्यक्ष सहदेव राईका अनुसार १५ ओटा सोलार पाता मध्ये ५ वटा पेट्रोल छर्केर पूर्ण रुपमा जलाएइको छ । त्यस्तै त्यहाँ प्रयोग भएका व्याट्री तथा मेसिनमा समेत आगजनी भएको छ । अध्यक्ष राईले भने, ‘वडा नं १ आख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आजगनी भएको छ, आगजनीबाट मेसिन, व्याट्री, सोलार तथा अन्य उपकरण पूर्णरुपमा ध्वस्त भएका छन् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार