राजनीति
बिश्वबिख्यात जीवन प्रशिक्षक तथा विप्लव नेतृत्वको नेकपाका युवा नेता नर बहादुर कार्किले पत्रकार रवि लामिछाने काे रिहाइ र पछिल्लो घटनाक्रम राज्यकाे परम्परागत रवैया भएकाे टिप्पणी गरेका छन्। उनले याे प्रकृया शक्ति हुनेकाे भक्ति भन्दा फरक नभएको दावि गरेका छन्। पुडासैनी ले न्याय पाउनुपर्ने कुराप्रति संकत गर्दै भक्तिभावले पाइएकाे बाहुबल आर्जित न्यायले न दुखि न खुसि हुनुछ भनेका छन् ।
नेता कार्किले गणतन्त्रको लागि लडेका आफ्ना सयाै सहकर्मी जेल रहेकाे प्रति आक्राेष ब्यक्त गर्दै न्यायलय प्रशासन निदृष्ट भएकाे भनेका छन्। याैद्दाहरुकाे बलिदान र याेगदानले आएको गणतन्त्र उनिहरुका लागि बर्जित छ।
त्यस्तै उनले बहुराष्ट्रिय कम्पनी एनसेलले नेपाली जनतामाथि लुट मचायकाे र अदालतले त्यसलाइ छुट दिएकाे कुराकाे पनि चर्काे आलोचना गरेका छन्।
यस्ताे छ उनकाे स्टाटस
खुशी र दुखी दुबै चिज भइएन । न यो मुक्ती हो न हालै जेल चलान हो । मेरो आफ्नो बैयक्तिक प्रश्न यो छ कि ” के खेलको नियम परिवर्तन भयो त?” भएन । सत्ताले आफ्नो बिरोधि त् ह लाउने प्रशासनिक परम्परा वा शक्ती हुनेको भक्ती भन्दा एक इन्च पनि खेल फरक छैन । खेलमा फरक पर्दैन भने, उनै राजनीतिक कलेवरका र बाहुबल आर्जित न्यायका श्रिन्खलाको एउटा अर्को परम्पराको द्रश्टा बनेर म किन खुशी र दुखी हुन्छु?
मेरा पाँच सय साथी पर्खाल भित्र छन, जसको बारेमा यो देशको न्यायलय निर्दिष्ट छ, मेरा ति साथी जस्लाई अदालतले छोडछ र आङनमा फेरी समातेको साक्षी न्यायलय स्व्यम छ, योद्धा जसको कुर्वानिले ल्याएको गणतन्त्रमा उनिहरु बर्जित छन । खेल परिवर्तन भयो त ? के फरक पर्यो? कस्लाई फरक पर्यो? कोही सम्झौता गरेर, स्वाभिमान बन्दकी राखेर बाहिर आउन वा भित्र बसुन? तिनको समर्थनमा हिजो “बन्द बिरोधि मास्क” लाएर नागरिक समाजनामको जुलुस निकाल्ने नौटन्किवाला उभिउन वा बिरोधमा अरिङ्गआल खनिउन, खेलको नियम फेरियो त?
के आजै एनसेलले पाएको ४० अर्ब छुट फर्किन्छ त? के अब अरबको खाडीमा बेचिएका छोरा छोरी फर्किन्छन त? खेलको नियम के फरक पर्यो? यो ब्यबस्थाको केन्द्रमा- सक्ने ले नसक्नेको भोट, समर्थन, सदस्यता र उपस्थितिको दलाली गर्ने धर्म बोकेको छ । सिद्धान्त र बिचार बोकेका सयौ सिपाही, लोकतन्त्रका वास्तविक हिरोहरु नक्खु लगायत जेलमा कोचेर जुन दयनिय श्वास लिदैछ लोकतन्त्र, यसको लज्जा मैले वा कसैले ढाक्न सक्दैन । खेलको नियम परिवर्तन भयो त?
सर्वाधिक ठुलो अधिकार आस्था र बिचार को अधिकार हो । यही अधिकार लोकतन्त्रनामको ‘निशेधकारी कम्पनी’ द्वारा बर्जित छ । को बोल्यो? आस्थाको आधारमा मान्छे मार्न वा बिनाकारण बन्दी बनाउन रोकिन्छ त? रोकिन्न ! किन ? किनकी साचो देसभक्त दलाल सँग सम्झौता गर्दैनन । उनिहरु प्राणको लागि र शरीर रक्षाको भिख माग्दैनन ।
कत्ती सहकर्मी क्रान्तिकारी अहिले सत्तामा पनि होलान, कत्ती पूर्वसहयोद्दा होलान तर पनि रिहाइको याचना गर्दैनन किन? किनकी मण्डेलाले भनेका थिए “स्वतन्त्रताको ओथारो बस्दा- आँफैले सबै पिडा नखेपी हुन्न । नत्र अरुले दया गरेको र बक्सिस दिएको मुक्ती पाउने छौ” । मलाई गर्व छ सबै ईतिहासका बन्दीहरु प्रती चाहे विपी, चाहे मोहनचन्द्र, चाहे किरण, चाहे सुदर्शन (हाल नक्खु) ।