राजनीति
मुलुकको शिक्षामा देखिएको बिकृती बिसगती विरुद्ध संघर्ष घोषणा गरेको संघर्ष समितिले आज भरतपुरको चितवन मेडिकल कलेजमा कोणसभा सम्पन्न गरेको छ । चितवन कलेजका प्रबन्ध निर्देशक हरिश चन्द्र न्यौपानेलाई दलाल भएको घोषणा गर्दै संघर्ष समितीका संयोजक तथा विप्लव पुत्र प्रकाश चन्दले चेतावनी दिएका छन् ।
संयोजक प्रकाशले सीएमसीले सरकारले तोकेको भन्दा बढी शुल्क बिद्यार्थीहरु बाट असुलेको भन्दै विरोध प्रदर्शन गर्दै आएको जनाएकाछन ।
पछिल्लो समय आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले आयोजना गरेको विरोध र्यालीलाई सम्बोधन गर्दै प्रकाशले दलालहरु मेडिकल शिक्षा हुदै जनताको गास खोस्न आइपुग्ने भएकोले आम बिद्यार्थी र अभिभावकले बिरोध गर्न आव्हान गरेका छन ।