राजनीति
अधिकाश नेपालीले प्रचण्ड चनाखाे र चातुर्य भएका खेलाडी हुन् कहिले कहाँनिर गाेल गर्छन् थाहा हुँदैन भन्ने बुझेका हुन्छन । त्यसैले उनलाई कसैले माैसमी नेता पनि भन्ने गर्दछन् । समय र परिस्थिति अनुसार भाषण गर्न सिपालु भएर पनि यसाे भिनएकाे हुनुपर्छ । उनै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनयु’द्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने अवस्थामा पुगेको बताएका छन् । सुरेश वाग्लेको स्मृति सभालाई सम्बोधन गर्दै उनले सोमवार यस्तो बताएका हुन् ।
उनले सुरेश वाग्लेको स्मृति सभालाई सम्बोधन गर्ने क्रममा पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला म’र्नका लागि तछाडमछाड भएको बताए । त्यसपछि सहिदको संख्या बढेर गएको बताए । ‘को बाँचिन्छ को मरिन्छ त्यसबेला ठेगान थिएन,’ दाहालले भने, ‘त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं । हामीमध्ये धेरै छिटै मारिन्छौं भन्ने लागेको थियो ।
वि’द्रोहलाई निरन्तरता दिन सकिन्छ तर हाम्रो बौद्धिक तागतले राज्यसँग ल’डेर छिट्टै जित्न सकिन्छ भन्ने थिएन । त्यसैले पनि नेतृत्व सबै बाँकी राख्ने भन्ने हुँदैन । नेतृत्वपंक्तिबाटै बलिदान हुनुपर्छ भन्ने थियो ।’ उनले वाग्लेको ह’त्यापछि सहिद हुन तछाड’मछाड भएको बताए ।
उनले अहिले केही व्यक्तिहरुले यसरी प्राप्त भएको उपलब्धिको बद’नाम गर्न लागिपरेको बताउँदै उनीहरु सफल हुन नसक्ने धारणा राखे । ‘उपलब्धिको बद’नाम गर्नका लागि सिलसिला सुरु गरेका छन्,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्नका लागि लागिपरेका छन् हामी सफल हुन दिँदैनौं ।’
प्रचण्ड भन्छन् ‘सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं । राम्रा काम गर्न नखोजिएको होइन, आकांक्षाअनुसार काम भएनन् भन्ने कुरा आएको छ ।’ उनले पार्टी एकताका सबै काम पूरा हुन लागेको जानकारी गराउँदै देशव्यापी रुपमा कार्यक्रम लगेर देशभर अपील गर्ने तयारीमा रहेको पनि बताए ।