राजनीति
सत्तारूढ दलका बरिस्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपाल ले प्रचण्डकाे दिल्ली प्रवेश बारे सनसनी पुर्ण खुलासा गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे ।
लक्ष्मण पन्तद्धारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आईतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे । सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ । नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे ।
काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए । सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तष्टि पनि छ । नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा.बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए ।
बरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन विद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यसअघि पनि बताएका थिए । ट्वाईलेटभित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको स्पष्टिकरण थियो ।