logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रमुख उपप्रमुख झगडामा मारिएका काे हुन मण्डल


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र २४ २०७६

धनुसामा एकजनाकाे ज्यान नै जाने गरि लडे प्रमुख उपप्रमुख । सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।

बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो ।

जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।

धनुषा हंसपुर नगरपालिकाका प्रमुख–उपप्रमुख विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ गते मण्डलको मृत्यु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार