logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षको तीन वटा एक्साभेटरमा आगजनी


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

बेनी -बिहीबार बिहान तीन वटा एक्साभेटरमा आगजनी भएको छ। म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा जिसी क्रसर उद्योग तथा बिएन कन्ट्रक्सनको एक्साभेटरमा आगजनी भएको हो।आगोलागीबाट तीन वटै एक्साभेटरका इञ्जिन लगायतका उपकरण जलेको छ।

क्रसर उद्योग परिसरमा रहेका एक्साभेटरमा राति साढे दुई बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।

उद्योगका सञ्चालक नारायण जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा तत्कालीन युवा संघ नेपालका केन्द्रीय सदस्य हुन्।

यसअघि पनि उक्त उद्योगको टिप्पर र एक्साभेटरमा आगोलागी भएको थियो। पटक-पटक अज्ञात व्यक्तिले फोनमा धम्की दिने गरेको सञ्चालक जिसीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार