logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपाल तरुण दलमा अध्यक्ष र महासचिव बीचको विवाद उत्कर्षमा,एकअर्कालाई कारबाही


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।

अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निष्कासन गरिएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलभित्र कार्यशैली र निर्णयको विषयमा अध्यक्ष र महासचिवबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार