राजनीति
सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाका एक कार्यकर्ता खिम राज पुन प्रभात लाइ उपचारको क्रम बाट प्रहरीले गिरफ्तार गरेको नेकपा रोल्पाले जनाएको छ । उपचारका लागी दाङ्गको तुल्सिपुर रहेका उनलाइ असोज १ गते गिरफ्तार गरेको हो ।
नेकपा नेपाली श्रमजीवी जनताको पार्टी भएको उल्लेख गर्दै अमानवीय र फजुल ढङ्गले धरपकड नगर्न नेकपा रोल्पाले चेतावनी समेत दिएको छ । जिल्ला सेक्रेटरी मानव द्धारा जारी बिज्ञप्तीमा गिरफ्तार सबै नेता कार्यकर्ताको रिहाइ नगरे कडा प्रतिरोधा गरिने उल्लेख गरेकाछन ।
दलाल सत्ताले जनतालाइ न्याय दिनुको सट्टा लुट खसोट र अन्याय थोपर्दै गएको भन्दै यस्तो हर्कत नरोके जिल्ला जिल्ला बाट दलाल विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन ।