logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पूर्व राष्ट्रपतिले भने, प्रधानमन्त्री ओलीले अर्को ‘कू’ गर्दै छन् (भिडियो)


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

मुलुकका पूर्व राष्ट्रपति डा रामबरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कू गर्न लागेको खुलासा बताएका छन्।

शुक्रबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् मा कुराकानी गर्दै यादवले प्रचण्डपछि ओलीले देशमा अर्को कू गर्न लागेको दाबी गरे ।

त्यस्तै, उनले नेपालमा राजसंस्था अब ईतिहास भैसकेकाले कहिल्यैपनि नफर्किने दाबी गरेका छन्। उनले धर्मनिरपेक्षताबाट पछि फर्कने चेष्टा कसैलेपनि गर्न नहुने सुझाएका छन्।

हेर्नुहोस् थप जानकारीका लागि भिडियो

यो पनि पढ्नुहोस

नेता आपत्तिजनक भिडियो बनाउने ३”महिला

काठमाडौं , भारतको मध्य प्रदेशमा यस्तै हनि ट्रयापिङ’ मा पार्ने महिलाको कर्तुत बाहिर आएको छ । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौं उठाउने पाँच महिला पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा उनीहरुबाट अनौठा सूचनाहरु प्राप्त भएको छ । तिनलाई पक्रनको लागि प्रहरी र आतकंवाद विरोधी स्क्वाड (एटीएस) को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फसाएर तिनको आपत्तिजनक भिडियो बनाएको र ती भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएर तीबाट १५ करोड भारु उठाएको खुलासा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तिनले आफूले शिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । पक्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आपत्तिजनक भिडियो पनि प्राप्त भएको छ । यसमध्य ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् ।

प्रहरीले तिनलाई पक्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ । यस प्रकरणमा थप ५–६ युवती सामेल रहेको विश्वास गरिएको भए पनि यसका मुख्य व्यक्ति श्वेता जैन विजय र श्वेता जैन स्वम्निल मानिएका छन् । ती दुईसँगै बरखा अमित सोनीलाई एक निगम इन्जिनियरबाट ३ करोड मागेको आरोपमा जेल पठाएको छ । अन्य आरोपीहरु आरती दयाल, छात्रा मोनिका यादव र ड्राइभर ओम प्रकाशलाई सेप्टेम्बर २२ सम्म इन्दौर प्रहरीको हिरासतमा राख्ने अनुमती दिएको छ । यी महिलाको फन्दामा पर्ने धेरैजसो अधिकारीहरु राज्यका इन्दौर र भोपाल क्षेत्रका छन् । ती महिला त्यस क्षेत्रको क्लबमा आउने जाने गर्ने र त्यहीं आउजाउ गर्ने सरकारी अधिकारीलाई फसाउने गरेको खुलेको छ ।

प्रदेशका शीर्ष आईएएस अधिकारी र इन्दौर नगर निगमका इञ्जिनियरसँग भएको हनि ट्रयापलाई प्रहरीले एक संगठित अपराध मानेको छ । सरकार र प्रशासनका शीर्ष अधिकारी संलग्न भएका कारण भारतको आतंकवाद विरोधी एजेन्सीले नै यसको अनुसन्धान थालेको थियो । देशका गोप्य सूचना थुत्न आतंकवादीहरु पनि यस्तो कार्यमा प्रयोग हुन सक्ने आशंकामा १५ सदस्यीय एटीएस परिचालन भएको थियो । हनि ट्रयापमा संलग्न महिलाहरु लेट नाइट पार्टीका सौखिन छन् । तिनका मोबाइल फोनमा त्यस्तो पार्टीका धेरै भिडियो भेटिएको जनाइएको छ । धेरैजसो पार्टी भोपाल–इन्दौर चार लेन सडकको दायाँ वायाँ रहेका रिसोर्ट, होटल वा फार्म हाउसमा हुन्थ्यो । तिनमा आईएएस–आईपीएस अधिकारलाई पनि बोलाइन्थ्यो । केहि महिनाअघि मात्र झापामा एक महिलाले नक्कली प्रेम गरेको वहानामा एक व्यापारीसँग फिरौती असुल्न खोज्दा पक्राउ परेकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार