logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

के पढ्दै छन् नेकपाका मेयरहरु चिनमा


  • पत्रपत्रिका
  • सोमबार, असोज ६ २०७६

सत्तारुढ दल नेकपाका  २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् ।

युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् । कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार