logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म’हरा काण्ड : ५०० मिलिएन डलरको खेल हुन सक्ने माओवादी केन्द्रको भनाइ


  • राजनीति
  • बिहिबार, असोज २३ २०७६

गोपाल किराँतीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले  निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको ब’लात्कारको प्रयासको आरोपमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

उक्त पार्टीका अध्यक्ष गोपाल किराँतीले विहीबार विज्ञप्ति जारी गरी सभामुख कृष्णबहारदुर म’हराको घटनामा आधा स्वयम् को कमजोरी र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको उल्लेख गरेका छन् ।
‘क्रान्तिकारी माओवाद छाडेर अभिजातवर्गीय संसदवादमा भाँसिएका प्रचण्डहरुलाई क्रान्तिकारी देख्नेहरु तथा गुटजन्य अन्तरर्घातको परिणामस्वरुप त्यो घटना घट्न पुगेको हुन सक्छ,’ पार्टीले भनेको छ, ‘इन्डो प्यासिफिक रणनीतिमा संलग्नताको मूल्य ५०० मिलियन अमेरिकी डलर संसदबाट अस्वीकृत गरे वापत रोशनी शाहीसँगको अनैतिक सम्बन्धको भर्याङ चढेर प्रधानमन्त्री केपी ओली तथा पूर्व सभामुख सुवास नेम्वाङले महरालाई धरापमा पारेका हुन्, भनिन्छ ।’  विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ ।’

देशको पक्षमा उभिएको हो भने त्यस शन्दर्भमा म’हराको सम्मान र एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो महिलासंग अनैतिक सम्बन्ध गरेकोमा सजाय हुनु पर्ने बताउँदै पार्टीले पीडित भएको शन्दर्भमा रोशनी शाहीले न्याय पाउनु पर्छ ।

‘तर राष्ट्रसेवक कर्मचारी भएर एकनिष्ठ विवाह सिद्वान्त प्रतिकुल दोश्रो पुरुषसंग अनैतिक सम्बन्ध गरेकोमा श्री शाहीलाई सजाय तथा देशी विदेशी दलालको मतियार बनेकी हुन् भने स्वतन्त्र छानबिन र भण्डाफोर गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पार्टीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको छ । 
विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा टेकेर चीन हान्ने इन्डो प्यासिफिक रणनीति र त्यस रणनीतिमा खड्ग ओली सरकारको असंवैधानिक संलग्नताले मुख्यतः गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्वको दुश्चक्रमा फसाउने खेल भइरहेको परिस्थितिमा नेपाली सार्वभौमसत्ताको सम्मान गर्दै आएको छिमेकी राष्ट्र प्रमुखको भ्रमणले नेपालको राष्ट्रिय हित सन्तुलनमा निश्चय नै विशिष्ट महत्त्व राख्दछ । अतः राष्ट्रपति सीको भ्रमणक्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार