logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकताको डेढ वर्ष पछि प्रचण्ड कार्यकारी बन्दै


  • राजनीति
  • बुधबार, मंसिर ४ २०७६

पार्टी  एकता भएको डेढ वर्ष पछाडी  प्रचण्डले पार्टी भित्र कार्यकारी भुमिका पाउने भएकाछन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निश्चित गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी सार्वजनिक गरेकाछन ।

नयाँ कार्यविभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा ५ वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार