राजनीति
मेेेेेेडिकल शिक्षा सुधारकाे माग राख्दै आन्दोलनरत बिधार्थीहरुले चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थी तथा अभिभावकहरुको बृहत् प्रदर्शन भएको छ ।
मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा आज प्रदर्शन गरिएको हो।
चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका छन्। चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय भोलि सोमबार सकिँदैछ।
विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो।
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्। होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ । यसैगरी शनिबार कलेजको कैलाशनगर भवनको होस्टल नजिकै खेलमैदानमा पेस्तोल भेटिएको भन्दै प्रहरीले विशेष निगरानी पनि बढाएको बताएपनि बिधार्थीले भने कलेज प्रशासन काे मिलेमतो मा बिधार्थिलाई फसाउन उक्त नाटक गरिएको दावी गरेका थिए बिधार्थीले प्रतक्ष्यदर्शि ले नै सिविलमा आएका प्रहरी ले नै हतियार राखेकाे दावी गरेका थिए ।