logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

समाचार लेखेकै भरमा पत्रकार आश गुरुङ गिरफ्तार


  • राजनीति
  • सोमबार, मंसिर ९ २०७६

पत्रकार तथा राजनीति  अनलाइनका सह सम्पादक आश बहादुर गुरुङ पोखबाट गिरफ्तार परेकाछन । उनलाइन पोखराको रामबजार बाट सोधपुछको लागी भन्दै गिरफ्तार गरेर रामबजार चौकीमा राखेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बिद्यार्थी राजनीति छाडेर करीब तीन वर्ष अघिदेखि पोखरामा स्वतन्त्र पत्रकारिता गरिरहेका युवा पत्रकार गुरुङलाई आज मध्यान्ह पोखरा-१० रामबजारस्थित उनकै घरबाट गिरफ्तार गरेको हो।

पत्रकार आश तमु दुई वर्षदेखि राजनीति डट कममा सहसम्पादकका रुपमा कार्यरत थिए। उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक पत्रकार भएको आशंकामा प्रहरीले गिरफ्तार गरेको हुनसक्ने आशंका गरिएको छ। तर यस बारे प्रशासनले प्रष्ट पारेको छैन ।

पत्रकारितामा क्षेत्रमा आउनु अघि उनी बिद्यार्थी राजनीतिमा सक्रिय थिए।  तर पत्रकारितामा आएपछि उनी अहिले पार्टीसंग सम्पर्क बिहिन भएर स्वतन्त्र पत्रकारिता गर्दै आएका छन्। उनी बिप्लव नेतृत्वको ने,क,पा, र त्यस पार्टीको कुनै पनि जनवर्गीय संगठनमा रहेका छैनन्।

कुनै बेला राजनीतिक आस्था राखेको आधारमा पत्रकारलाई गिरफ्तार गरिनु स्वतन्त्र पत्रकारिता माथिको हस्तक्षेप हो भने उनको गिरफ्तारी संबिधान प्रदत्त राजनीतिक आस्था राख्न पाउने मौलिक हकमाथि वलात्कार हो।  अत: पत्रकार आश तमुलाई अविलम्व बिना शर्त रिहा गर्न माग गर्दछौ ।

आज बिहान मात्र उनले पोखराको बिष्फोट बारे बाइलाइन समाचार लेखेका थिए । तमु लामो समय देखी पोखराको पत्रकारिता जगतमा क्रियाशिल रहेका छ्न । उनि पोखरेली पत्रकारिता जगतका एक उदयमान पत्रकार हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार