राजनीति
पोखराका पत्रकार तथा राजनीति अनलाइनका सह सम्पादक आश बहादुर गुरुङको गिरफ्तारी प्रती नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ द्धारा जारी बिज्ञप्तीमा पत्रकार माथि हुने धरपकडलाइ अबिलम्ब रोक्न माग गरेकाछन ।
आफ्नै निवास रामबजार पोखरा बाट गिरफ्तार गरि मुद्दा चलाएको प्रती महासंघले बिरोध जनाउदै निर्वाधरुपमा काम गर्न वातावरण नबिथोल्न स्थानिय प्रशासन सग माग गरेका छन ।
गुरुङको बिनासर्त रिहाइको माग गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रशासन समक्ष माग गरेकाछन ।
