logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी


  • राजनीति
  • सोमबार, पुष १४ २०७६

अज्ञात समुहद्वारा नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ ।

पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन ।

आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।

घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिएकि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार