राजनीति
समाजवादी पार्टी नेपालले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्ने निर्णयप्रति विरोध जनाएको छ ।
सो पार्टीले निर्णयको विरोधमा आज शनिबार १ बजे शान्तिबाटिकामा विरोध कार्यक्रमको आयोजना गरेको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए ।
समाजवादी पार्टीले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने र राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने पक्षमा रहेको उनले बताए ।