logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्थानीय तहकाे बेथिति छाेरा बुहारी उपभोक्ता बाबू अनुगम गर्दै


  • पत्रपत्रिका
  • आइतबार, माघ ५ २०७६

विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द्र यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजक भने पदाधिकारीमध्येकै एक जनाका बुबा छन् ।

उता कर्णालीका स्थानीय तहमा पनि उस्तै विकृति भित्रिएका छन् । पालिकैपिच्छे उजुरीका चाङ रहेको र निर्देशिका मिच्दै रकम बाँडिएको कान्तिपुरको समाचारमा उल्लेख छ । प्रदेश २ मा त एउटै योजनामा २ पटकसम्म बजेट विनियोजन गरेको भेटिएको छ ।

विभिन्न सरकारी निकायहरूले भ्रष्टाचार र बेथितिबारे निकालेको रिपोर्टसँगै स्थानीय तहका केही प्रतिनिधि घटना प्रस्तुत गरेर बढ्दो अनियमितताको चित्र प्रस्तुत गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार