logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एक जोडी, जो माओवादी संगै टुक्रीयो !


  • राजनीति
  • आइतबार, माघ ५ २०७६

हटिया गाविस हेटौँडामा जन्मिएका उनमा कला-सङ्गीतप्रतिको मोह बच्चैदेखि थियो। एउटा दलित र गरिब परिवारमा जन्मिनुको कारण उनले गीतसड्गीतप्रतिको रुचि र प्रतिभालाई स्कुले जीवनमा बाहिर देखाउने मौका पाएनन्। उनी हुर्किँदै गरेको समयमा गाउँगाउँमा जनयुद्ध चर्किँदै थियो। ०५९ सालमा क्रान्तिकारी विद्यार्थी सङ्गठनमा बसेर ०६१ बैशाखबाट ‘हारे हत्कडी हातमा॥। जिते यो सिंगो संसार’ भन्दै युद्धमा होमिएका महेश उर्फ आरोह नेपालीले गत शुक्रबार आफ्नो जीवनका आरोह-अवरोह यसरी सम्झिए। उनका बुबा एमालेका स्थानीय कार्यकर्ता थिए। दिदी आशा नेपाली जनयुद्धमा सहभागी भइसकेकी थीन्।

राजनीतिमा संलग्न परिवार भएकाले सानो उमेरमा नै उनलाई पनि राजनीतिको हावाले छोएको थियो। समाजमा मान्छेले मान्छेमाथि गर्ने विभेद उनलाई चित्त बुझिरहेको थिएन। जतिजति गाउँमा माओवादी सक्रियता बढ्दै गयो, उतिउति जातीय विभेद कम हुँदै गएको देखेर उनलाई माओावादी नै आफ्नो मुक्तिदाता हो भन्ने लागेको थियो। ‘सही विचार भयो भने यस्ता विभेदहरू आफैँ हट्दारहेछन भन्ने लाग्ने, त्यसैले माओवादी हुने निधो गरेँ’, उनले सुनाए। उनका चार दाजुभाइ र चार दिदीबहिनी छन्। बुबाआमा गाउँमै हुनुहुन्छ। काठमाडौंको लाजिम्पाटमा डेरा लिएर बस्दै आएका आरोहले सुनाए, ‘पार्टी र सङ्गठनले दिएको जिम्मेवारी निर्वाह गर्ने भन्दा छुट्टै केही काम छैन, त्यसैले पार्टीले नै हाम्रो खर्च पनि चलाइदिने गरेको छ।’ पहिले नाच्ने मात्र, अहिले निर्देशन पनि घोप्टो, निख्खर कालो र बाक्लो जुँगा पालेका उनी केही लजाउँदै बोलिरहेका थिए। बेलाबेलामा उनकाे आत्मविश्वास अनुहारमा पोखीरहेको देखिन्थ्यो। विगतकाे प्रस‌ङ्ग आउँदा उनकाे अनुहार थप उज्यालियाे।

मान्छे-मान्छे एउटै हाे नि! मान्छेबीचमा फरक किन भो?, श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो! यस्तै-यस्तै गीतमा राम्रो नाच्थे उनी। नाच्दै, गाउँदै मुक्ति र परिवर्तनका सन्देश लिएर उनी धेरै गाउँबस्ती पुगे। जहाँजहाँ नेताहरू भाषण गर्न पुग्थे, त्यहाँत्यहाँ कलाकारले आफ्नो नाच देखाएर मान्छे जम्मा पारिदिन्थे

‘ती दिन निकै रमाइला थिए।’, आरोह ंनोस्टाल्जिकं देखिए। उनले भने, ‘न भरे खाना कहाँ खाने भन्ने पीर, न भविष्यमा के हुने भन्ने चिन्ता, जसरी भए पनि आफ्नो नाच राम्रो बनाउनु, धेरै भन्दा धेरै जनतालाई कार्यक्रममा तानेर ल्याउनु, माओवादीको विचार बुझबउनु, बस्, हाम्रो चिन्ता यत्तिमै सीमित थियो।’ अहिले उनी गीत लेख्ने, सङ्गीत भर्ने र निर्देशन गर्नेसम्मका सबै काम आफैँ गर्छन्। आफ्नै रचना र सङ्गीतमा क्रान्तिकारी जीवनं र देशको मायां नामका दुई गीति एल्बम बजारमा ल्याइसकेका छन उनले। जीवन फूलैफूलको बहार जस्तो सुन्दर मात्र हुँदोरहेनछ, काँढाहरूको डसाइ पनि रहेछं, उनले अहिले भोगाइहरू सँगै आफू केही पाको भएको उनले सुनाए। उमेरका खुड्किलाहरू चढ्दै जाँदा जीवनमा धेरै उकाली-अोराली भाेगेकाे उनको अनुभव छ। यसरी टुट्यो जोडी सामना परिवारमा रहेर काम गर्दागर्दै आफ्नै सहकर्मीसँग प्रेम बस्यो उनको। केही समय प्रेम गरेपछि ०६५ सालमा उनीहरूले स‌ँगै मर्ने र सँगै बाँच्ने कसम खाँदै शहीदका सपना पूरा गर्ने वाचा गर्दै पार्टीका नेताको अगाडि विवाह गरे। विवाहको तीन वर्षपछि ०६८ सालमा आरोह दम्पत्तीले पारापाचुके गरे। शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजनको दिशामा गयो। पार्टी विभाजनसँगै आरोह मोहन वैद्य नेतृत्वको माओवादीमा लागे भने उनकी श्रीमती प्रचण्ड नेतृत्वको माओवादीमा लागिन्। केही व्यक्तिगत असमझदारी त थिए तर यसरी ंडिभोर्सं नै गर्नुपर्ला भन्ने उनलाई लागेको थिएन रे! केही उदास देखिएका आरोहले ती दिन सम्झिएर अमिलो मुख पार्दै सुनाए, ‘पार्टी विभाजनले हाम्रो पारापाचुकेमा आगोमा घिउको काम गर्यो। एउटै पार्टी हुँदा मिल्नुपर्छ भनेर दवाब दिएका ससुराले पार्टी फरक भएपछि छोरीलाई डिभोर्स गर्न कर गरिरहेपछि मैले उनीसँग डिभोर्स गरेँ।’ आफ्नी पहिलेकी श्रीमतीले अहिले नयाँ घरजम गरिसकेकी छन्। उनको घरवार बिग्रेला कि भनेर आरोहले नाम नछापिदिन आग्रह गरे। विचार नै नमिलेपछि भावनाले मात्र जीवन चल्दैनरहेछ। पार्टी नटुक्रिएको भए हाम्रो डिभाेर्स हुँदैनथ्यो कि! उनी कल्पिन्छन्। पार्टीभित्र देखापरेको दुई लाइन सङ्घर्षले नै आफूहरू छुट्टिनुपरेको उनको निष्कर्ष छ। उसो त केहि वर्षअगाडि आरोह आफैँले पनि कलाकारिता फाँटमै काम गरिरहेकी कपिलवस्तुकी पेमा परियारसँग दोस्रो घरजम गरिसकेका छन्। उनको दोस्रो विवाहमा पार्टीका नेता माइला लामा उपस्थित थिए।

अपाङ्ग हुँ जस्तै लाग्दैन पहिलो संविधानसभा विघटन भएपछि जनताको एजेण्डामा घात गरेको निष्कर्ष उनको पार्टीले निकालेको थियो। जनताले आफ्ना प्रतिनिधि चुनेर संविधान लेख्नका लागि पठाएका थिए। तर उनीहरूले संविधान बनाउन सकेनन र जनताको सपनामा तुषारापात भएको तत्कालीन विप्लव नेतृत्वको माअोवादी पार्टीको तर्क थियो। पहिलो संविधानसभाले जनतालाई अधिकारसम्पन्न गराउने संविधान दिन नसकेपछि दोस्रो संविधानसभाले पनि यो दिन सक्नेछैन भन्नेमा हामी विश्वस्त थियौँं, उनले भने, ‘हामीमा त्यो आक्रोश थियो, त्यसैले २०७० सालको चुनाव बहिष्कारमा लागेका थियौँ।’ राजनीतिक तरिकाले चुनावको विरोध गर्दा प्रशासन र सरकारले नसुनेपछि प्रतिरोध सङ्घर्षका क्रममा उनले एउटा हातको हत्केला नै गुमाउनुपर्यो। ‘हामी प्रतिरोध सङ्घर्षको क्रममै थियौँ’, आफ्नो एउटा हातको हत्केला नै सदाको लागि आफूसँगै लिएर गएको त्यो कालो दिनलाई उनले धेरै सम्झिरहन चाहेनन्। कुलेश्वरको एउटा घरमा उनको हात सदाको लागि गुमेको थियो। उनले भने, प्रतिरोध सङ्घर्षकै क्रममा यो सबै भयो। म आफैँ उठेर अस्पताल गएको हुँ।’ त्यो दिन खासमा के भएको थियो नि? भन्ने जिज्ञासामा पूर्ण विराम लगाउँदै उनले कुरो टुङ्ग्याए, ‘त्यतातिर धेरै नजाऊँ।ं आवश्यक पर्यो भने कुल्ली काम पनि गर्छु आफूलाई कमजोर ठान्दैनन उनी। एउटा हात मात्र त छैन, बाँकी सबै काम गर्न सक्छु भन्ने भावना छ उनमा। निरन्तर पार्टी काममा खटीरहेका उनले सामना कलाकारको प्रस्तुति र आफ्नै एल्बमको बिक्रीबाट आउने रकमले जीवन चलाइरहेको सगर्व बताए। नियमित व्यवस्थापनको कुरामा पार्टीले नै सहयोग गरिरहेको उनको स्वीकारोक्ति थियो। दुई महिना पहिले छोरीका बुबा बनेका उनले व्यक्तिगत जीवनको बारेमा सोचेका छैनन्। पहिले जस्तै गरी फेरि क्रान्तिलाई धोका भयो भने? उनी मुस्कुराउँदै भन्छन्, ‘म जे काम पनि गर्न तयार छु। आवश्यक पर्यो भने कुल्ली काम गर्न पनि सक्छु। गीतसङ्गीतमा मेरो अनुभव छ। त्यसैलाई व्यावसायिक रूपमा अगाडि बढाएरै भए पनि जीवन चलाउन सक्छु।ं तर फेरि कलाकारलाई प्रयोग गर्ने र धोका दिने मात्र होला भन्ने उनलाई लाग्दैन। आफ्नो नेतृत्वप्रति पूर्ण विश्वास देखाए उनले।

नेत्रविक्रम चन्द विप्लवंले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृसङ्गठन अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष र सामना परिवारका सहसंयोजकको जिम्मेवारीमा समेत रहेका आरोहले पूर्ण आत्मविश्वासका साथ सुनाए, ‘हामीले खराब प्रवृत्ति, पुराना विरासत र पुरानो पार्टीलाई भत्काएर नयाँ पार्टी निर्माण गरेका छौँ, त्यसैले पुरानै खालका समस्याहरू फेरि यस्तै तरिकाले भोग्नु नपर्ला।’

आस्था केसीले थाह खबरमा ३ वर्ष अगाडी लेखेकी हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार