logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारलाइ कर नबुझाउन नेकपाको आव्हान, तस्कर र मिटर ब्याजी निसानामा


  • राजनीति
  • शनिबार, माघ १८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद पाल्पाले जिल्लाभरका उधोग ब्यवसायीलाइ सत्तालाइ कर नतिर्न अपिल गरेको छ । अहिले सरकार दलालहरुको भएको भन्दै कुनै पनि शिर्षकको कर नतिर्न अनुरोध गरेको हो  । जिल्लाको अज्ञात स्थलमा बसेको जनपरिषदको बैठकले सबै जिल्लाबासीहरुलाइ वर्तमान सरकारलाइ कर नतिर्न आव्हान गरेको हो ।
जिल्ला जनपरिषदको बैठकमा नेकपाका जिल्ला इन्चार्ज ‘प्रबिन’ले जिल्लामा हुने गरेका सबैखाले बिकृती बिसङ्गतीका विरुद्ध निर्मम संघर्ष गर्न निर्देशन दिएको नेकपा पाल्पाले जनाएको छ ।

उक्त  बैठकले जिल्लाभर हुने गरेका लागु औषधको कारोबार , बिषादीयुक्त रक्सी ,मिटर ब्याजीहरुलाइ निसाना बनाएर अभियान संचालन गर्ने जनाएको छ ।

बैज्ञानिक र सामुदायिक बनको नाममा काठतस्कर र सरकारी कर्मचारीको मिलेमतोमा ठुलो ब्यापार भएको भन्दै उनिहरुलाइ जनस्तर बाट कार्वाही गर्ने चेतावनी दिएको छ ।

जनपरिषदका प्रमुख मिन बहादुर सारु मगरको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा दलित मुक्ति मोर्चाका लुम्बिनी सयोजक निर बहादुर बिकको समेत उपस्थिति रहेको जनाएको छ ।

फाइल तस्बिर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार