पोखरा- कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारको संसद पद निलम्बित भएको छ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको संसद पद स्वतः निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर भएपछि संसद्को पद स्वतः निलम्बनमा पर्ने उल्लेख गरेको छ।
अब उनी अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि मुद्दा अन्तिम किनारा नलागेसम्म संसदको हैसियतमा उनी प्रतिनिधिसभामा जान पाउने छैनन्। अदालतबाट गच्छदार दोषी ठहरिए गच्छदार सम्पूर्ण राजनीति जिम्मेवारीबाट मुक्त हुनेछन्।
यसअघि भ्रष्टाचार मुद्दामा नेताहरु जेपी गुप्ता, चिरञ्जीवी वाग्ले र खुमबहादुर खड्का तानिएका थिए। उनीहरु दोषी ठहर भएपछि राजीतिक जीवन समाप्त भएको थियो।