logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्यारेकभित्रका शंकास्पद घटना सार्वजनिक गरिने


  • पत्रपत्रिका
  • बुधबार, फाल्गुन ७ २०७६

स’शस्त्र द्व’न्द्वकालमा चर्चाको शिखरमा रहेका भैरवनाथ गणलगायतका ब्यारेकमा भएका भनिएका घट’नाको अनुसन्धान गर्न बे’पत्ता छानबिन आयोगले तत्परता देखाएको छ। सेना र वि’द्रोही पक्षको ब्यारेकभित्रका शं’कास्पद घट’नासमेत बाहिर ल्याइने दाबी आयोगको छ।

द्व’न्द्वकालमा बे’पत्ता भएका व्यक्तिको छानबिन गर्न गठित आयोगले यसभन्दा अघिका पदाधिकारीहरूले अनुसन्धान गर्न बाँकी भएका उजुरीको प्रारम्भिक अनुसन्धान गर्ने कार्य शुरू गरेको जानकारी गराउँदै मंगलबार भनेको छ– ‘राज्य पक्ष र वि’द्रोही पक्ष दुवैका जतिसुकै संवेदनशील ठाउँसम्म पुगेर अनुसन्धान गर्न आयोग तयार छ।’

आयोगले पत्रकार सम्मेलन गरी उ’जुरीको सम्बन्धमा अनुसन्धान शुरू गरेको जनाएको छ। यसभन्दा अघि आयोगका पदाधिकारीहरूले ६५ जिल्लाका उजुरीको अनुसन्धान गरिसकेका थिए। अब बाँकी जिल्लाका उजुरी छानबिन गर्न अनुसन्धान अधिकृत तोकिएको छ। आयोगमा हाल २ हजार ५ सय ६ वटा उजुरी रहेको बताइएको छ। आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगले रोल्पामा अनुसन्धान गर्न चारवटा टोली पठाउन लागेको जानकारी दिए। द्व’न्द्वको क्रममा बे’पत्ता भनिएका कतिपय व्यक्ति भारततिर गएका पनि पाइएको बताइएको छ।

अध्यक्ष सुवेदीले आफूहरूले स्वतन्त्ररूपमा संविधान, कानुन र अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार काम गर्ने बताए।

बेपत्ता भएका भनिएका व्यक्तिको नाममा रहेका सम्पत्ति रोकिएको भए आफूहरूले त्यसका बारेमा सम्बन्धित निकायमा पत्र लेख्न तयार रहेको पनि आयोगका पदाधिकारीहरूले बताए। आयोगले सम्बन्धित कानुन संशोधन गर्नका लागि १४ बुँदे सुझाव सरकारलाई पठाएको पनि उल्लेख गरिएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार