राजनीति
विश्व काेराेेना महामारीसंग लडिरहेकाे बेला नेपाली जनताकाे जनजिवन निकै कष्टकर छ सरकार र सिंगाे मुलुक नै एकताबद्ध भएर काेराेना बिरुद्ध लड्ने बेला सत्तारूढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफुलाई पार्टी बिभाजन गर्न सजिलाे हुने गरि पार्टी बिभाजन सम्बन्धि अध्यादेश ल्याउने मन्त्रिपरिषद् बाट निर्णय गरेका छन् ।
अध्यादेश आए लगत्तै नेपाली राजनीति बृत निकै तातेकाे छ भने सामाजिक सञ्जालमा सरकारकाे उक्त निर्णयकाे चर्काे आलोचना भएकाे छ। र केही ओली निकस्टहरुले उक्त निर्णयकाे बचाउ गरेका छन् ।
सत्तारूढ दल नेकपाका केन्द्रीय सदस्य तथा लाेकप्रिय युवा नेता लेखनाथ न्यैापानेले सरकारद्वारा ल्याइएका दब बिभाजन काे चर्काे आलाेचना गरेका छन । उनले समय र सन्दर्भ दुवै सहि नभएकाे भन्दै सरकारकाे आलाेचना गरेका छन् ।
नेता न्याैपानेले लेखेका छन् ‘जसलाई लक्षित गरेर अध्यादेश ल्याएको भएपनि पूरै गलत कदम हाे
उनले यहाँ हामीलाई हाेइन अरुलाइ ल्याइएकाे हाे भन्ने चर्कमा कुनै तुक नहुने पनि ठाेकुवा गरे
नेता न्याैपानेले लेखेका छन् ‘हामीलाई होइन, अरुहरुका लागि ल्याइएको हो भन्ने पनि कुनै राजनीतिक तर्क हुन्छ र भन्या’ ?
त्यस्तै नेता न्याैपाने ले उक्त निर्णय षड्यन्त्र भएकाे भन्दै धुब्रिकरणलाई बैचारिक राजनीति रुपले नभइ कानुनी अस्त्र प्रयाेग गरेकाे भन्दै लेखेका छन् ‘त्यो त षड्यन्त्र हुन्छ षड्यन्त्र ! एकता र ध्रु्रबिकरण त वैचारिक राजनैतिक रुपले पो हुने हो, न कि कानूनी अस्त प्रयोग गरेर’ ?!
उक्त निर्णयपछि नेकपामा हलचल पैदा भएकाे छ । मन्त्रिपरिषद् काे बैठक सकिनसाथ पुर्व माओवादी मन्त्रिहरुले अलग बैठक बसे र उनिहरु बैठक सकेर सिधै प्रचण्ड निवास खुमटटार हानिय । मन्त्रिपरिषद बैठकमा उक्त निर्णय बारे उर्जा मन्त्री बर्षमान पुन अन्नत ले असहमति राखेका खबरहरु बाहिरिएका थिए ।
हेर्नुस् स्टाटस
#विषय पनि गलत #समय पनि गलत
जसलाई लक्षित गरेर अध्यादेश ल्याएको भएपनि पूरै गलत कदम । हामीलाई होइन, अरुहरुका लागि ल्याइएको हो भन्ने पनि कुनै राजनीतिक तर्क हुन्छ र भन्या ? त्यो त षड्यन्त्र हुन्छ षड्यन्त्र ! एकता र ध्रु्रबिकरण त वैचारिक राजनैतिक रुपले पो हुने हो, न कि कानूनी अस्त प्रयोग गरेर ?!