logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

पोखराबाट दुई क्रान्तिकारी बिधार्थी प्रकाउ


  • आश तमु
  • शनिबार, जेष्ठ २४ २०७७

आश तमु,पोखरा – पोखराबाट कास्की प्रहरीले दुई बिधार्थीलाई प्रकाउ गरेको छ ।  शुक्रवार प्रतिबन्धित नेकपा निकट विद्द्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कास्कीका दुई कार्यकर्तालाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा कास्की मादी गाउँ पालिकाका घर भएका गगन परियार र अर्घाखाँचीका विकास घर्ती मगर ( बिरेन्द्र )रहेका छन। उनीहरु दुवै क्यामपस पढ्दै गरेका बिधार्थीहरु हुन।

उपचारका लागी मेडिकल जादै गर्दा प्रहरीले धरपकड गरेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एव पिएन क्यामपस जिल्ला अध्यक्ष प्रकाश बास्तोलाले निन्दा गरेका छन।

उनले आफ्नो फेसबुक मार्फत विरोध जनाउदै लेखेका छन।  “कास्कीमा पुन धरपकड सुरु भएको छ। रास्ट्रघाती सम्झौता MCC खारेजी अभियान चलिरहेको छ,आज मात्रै अखिल क्रान्तिकारी कास्कीका जिल्ला सदस्य गगन परियार र अखिल क्रान्तिकारिकै एरिया कमिटी सदस्य बिरेन्द्र थापा मगर लाइ पोखरा नयाँ बजार नजिकै बाट उपचारको निमित्त मेडिकल जाने क्रममा समातिएको छ। कोरोनाको यो महामारिमा पनि राज्यले गरेको यो ब्यबहार अत्यन्तै निन्दनिय छ।यदि राज्यले विद्यार्थीको आवाजलाई दबाउन खोज्छ भने यो देशमा विद्यार्थीहरुले ईट्टाको जबाफ पत्थरले दिनेछन् !”

प्रकाउ परेका गगन र विरेन्द्र अध्ययनको शिलशिलामा पोखरा झरेका हुन । अर्धखाचीका विरेन्द्रका परिवारका अनुसार विरेन्द्र पढाई सङ्गै ज्याला मजदुरी पनी गर्दै आइरहेका थिए । उनी बिहान कलेज दिउसो पेन्टिङ र बेलुका दोहोरी साझँमा गीत गाँउने काम गर्थे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार