आश तमु ,पोखरा – एमसीसी सम्झौता खारेज गर्न माग गर्दै शनिवार पनि पोखरामा विरोध प्रदर्शन भएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै प्रतिबन्दित नेकपाका जन वर्गिय विधार्थी संगठन अखिल क्रान्तिकारी कास्कीले पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न ब्यानरहरु लिएर प्रदर्शनकारीहरुले प्रदशन गरेका थिए ।
केपी वली नेतृत्वको सरकारले एमसीसी सम्झौतामार्फत नेपाललाई अमेरिकी सेनाको क्रीडास्थल बनाउन खोजेको भन्दै यो सम्झौता कुनै पनि हालतमा खारेज गर्नुपर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले बताए ।
उनले अमेरिकी साम्राज्यवादले नेपाललाई इराक र फिजी बनाउन खोजेको भन्दै कलम चलाउने हातले बन्दुक पनि चलाउन पछी नपर्ने भन्दै यसको सशक्त प्रतिरोध गर्ने बताए ।
एमसीसी सम्झौता पारित गरिए गण्डकी प्रदेश अन्तर्गतका सांसदको इहलिला समाप्त गरिदिने
ओम हमाल जन सञ्चार डटकम , राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित भए सांसदलाई कालोमोसो दलेर जुत्ताको माला लगाउनेदेखि टाउकोको फुटबल खेल्ने सत्तारुढ दल नेकपाकै बिद्यार्थीहरुले पोखरामा घोषणा गरेको समाचारहरु सार्वजनिक भैरहेको अवस्थामा त्यस्ता सांसदको इहलीला समाप्त पार्ने सम्मको चेतावनी आएको छ।
एमसिसिबिरुद्ध आन्दोलनमा रहेका विभिन्न ११ वटा राजनीतिक दलहरुले आज पोखरामा आयोजना गरेको बिरोध सभामा बोल्दै मोहन बैद्य नेतृत्वको ने।क।पा।(क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य केशबहादुर परियारले एमसीसी संसदबाट पारित गर्ने गण्डकी प्रदेशका सांसदहरुको इहलिला समाप्त गर्ने चेतावनी दिए। उनले रास्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुन् नदिने बताउदै त्यसका लागि अहिले सांसदहरुलाई दुई हात जोडेर अनुरोध गरिएको र पत्र लेखेर पनि स्मरण गराइने जानकारी दिए। नेपाली जनता र आफुहरुको आग्रहलाई बेवास्ता गरी संसदबाट एमसीसी पारित गरिए गण्डकी प्रदेश अन्तर्गतका सांसदलाई गृहजिल्ला प्रवेश गर्न नदिने र ठाउँ कुठाउँमा समातेर इहलिला समाप्त गरिदिने चेतावनी दिए।
उक्त बिरोध सभामा नेकपा मसालका गण्डकी प्रदेश समितिका सदस्य रबि मोहन ढकाल , नेकपा [माओवादी केन्द्र] का गण्डकी प्रदेश संयोजक भोजराज त्रिपाठी लगायतका वक्ताहरुले रास्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पारित हुन् नहुने र त्यसका लागि आम देशभक्त रास्ट्रवादी शक्तिहरु एकजुट भएर संघर्षमा उत्रनुपर्ने कुरामा जोड दिएका थिए।
वर्षाकै बीच राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बरालको आध्यक्षतामा सम्पन्न उक्त बिरोध सभाको संचलान देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल , गण्डकी प्रदेश समितिका अध्यक्ष नेत्र रानाभाटले गरेका थिए। सोही कार्यक्रममा एमसीसी सम्झौता जलाएका थिए। बिरोधसभा पुर्व सभागृहचोकबाट सरकार र एमसीसी सम्झौताविरुद्ध चर्का नारा लगाउदै जुलुश प्रदर्शन गरिएको थियो भने संगम सांस्कृतिक परिवारले एमसीसीबिरुद्ध गीत प्रस्तुत गरेको थियो।