राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको विद्रोही दल नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला इन्चार्ज बिजय शाही गिरफ्तार परेको नेकपा स्रोतले जनाएको छ ।
गए राती २ बजे गिराफ्तारमा परेको नेकपाको भनाइ रहेको छ । भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका शाही गए राति २ बजे कलंकी स्थित कोठाबाट गिरफ्तार परेको नेकपाको भनाइरहेको छ ।
नेकपाका एक युवा नेता एमबिएस तुफान सिंह कालिकोटेको फेसबुक वालमा शाहीलाइ बस्ने कोठाको ढोका तोडफोड गरेर सुतेको अवस्थाममा गिरफ्तार गरि बेपत्ता बनाएको उल्लेख गरिएको छ । उनको भनाइ अनुसार शाहिलाइ अहिले सम्म कहा कसरी राखेको छ भन्ने कुनै जानकारी नभएको बताइएको छ ।
नेकपाको एक स्रोत अनुसार शाहिको अवस्था जानकारी र जिवन रक्षाका लागी मानवअधिकारकर्मी र पत्रकार लगाएत सम्बन्धित निकाय सग आग्रह समेत गरेकाछन । गिरफ्तारीको बारेमा प्रहरीले भने कुनै जानकारी सार्वजनिक गरेको छैन
तुफान सिंहको फेसबुक स्टाटस
विद्रोही नेकपा भक्तपुर जिल्ला इन्चार्ज साहि मध्यरात अपरण सैलिमा गिराफ्तार #भक्तपुर जिल्ला इन्चार्ज ऎन बहादुर शाही लाइ हिजो राति २ बजे कलंकी बाट दलाल सरकारले बस्ने कोठा को ढोका तोडफोड गरेर रूम को समान सहित सुतेको अवस्थामा लुगा समेत लगाउन नदिएर गिरफ्तार गरि बेपत्ता बनाएको छ। अहिले सम्म कहा लगेर राखेको छ भन्ने कुनै जानकारी छैन। मानवअधिकार र पत्रकार संग उहाको परिवार ले अवस्था बुझ्न अनुरोध गरेका छन ।