logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आकस्मिक मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय


  • राजनीति
  • बिहिबार, असार १८ २०७७

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संसद्‌को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।

आगामी सोमबारका लागि बैठक बोलाइएको थियो। तर, मन्त्रिपरिषदले बजेट अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेकाे शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए। मन्त्रिपरिषदको बैठक सकिएपछि नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली भने उक्त बैठकमा सहभागी छैनन् ।गत असार १० गते बाट विभिन्न एजेण्डामा छलफल गर्न बसिरहेको आजको छैटौँ बैठक हो । पहिलो दिनको बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको थियो । तीनै एजेण्डाहरुमाथि छलफल भइरहेको छ । तर पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक किचलोको कारण एजेण्डाभन्दा बढी एक अर्काप्रति दोषारोपण भइरहेको छ ।

आज बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली समूहका नेताहरू प्रचण्ड निवास खुमलटारमा भेला गरी छलफल गरेका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी रहेका थिए ।

त्यसैगरी, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु छलफलमा रहेको थिए ।

प्रचण्डले नेकपामा जारी पछिल्लो शक्ति संघर्षका बारे छलफल गर्न नेताहरूलाई बोलाएका बताइएको छ । बुधवार साँझ ललितपुरको झम्सीखेल स्थित एक होटलमा पनि माधव नेपाल र आफू निकट नेताहरूसँग प्रचण्डले छुट्टै छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार