logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाको बैठक ७ दिनका लागी स्थगित्


  • राजनीति
  • शुक्रबार, असार २६ २०७७

दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी एक साताको लागि स्थगित् भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार देशभर देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्नको लागि पनि बैठक स्थगित् गरिएको हो ।

उनले आज विहान ट्विटरमार्फत यस्तो जानकारी दिएका हुन् । स्थायी कमिटीको बैठक आज विहान ११ बजे बस्ने तय भएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पछिल्ला दिनमा स्थायी कमिटी बैठकसमेत प्रभावित बन्दै आएको छ। उनले लेखेका छन्,’देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार