logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

सचिवालय बैठक चलेकै बेला मन्त्रीहरु बालुवाटार छिरे


  • राजनीति
  • शनिबार, साउन ३ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । दिउँसो तीन बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला मन्त्रीहरु पनि बालुवाटार आएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका हुन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सचिवालय बैठक बसिरहेका बेला उनीहरु पनि बालुवाटार प्रवेश गरेका हुन् ।

पार्टीभित्र विवाद चर्किँदै गएपछि नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर सचिवालय बैठकमा छलफल सुरु गरेको छ । आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार