राजनीति
सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक ब’म जस्तै देखिने शंकास्पद बस्तु फेला परेको हो।
नेपाली सेनाले ब’म जस्तै देखिने उक्त शंकास्पद बस्तु डिस्पोज तयारी गरिरहेको जिल्ला प्रहरीले बताएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर प’क्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले सं’घर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्रा’उ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघ’र्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।
बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट नेकपाका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रा’न्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा लाइ पक्राउ गरेको थियो ।