राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले ह’त्या गरी फालेको हुनसक्ने भन्दै उक्त घ’टनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ ।
नेकपाका सगरमाथा ब्युरो इन्चार्ज अनुभव क्रा’न्तिले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २७ महिना लामो कारागार बसाइबाट साउन १ गते उदयपुरबाट रिहा भएर सोलुखुम्बुको थुलुङ दूधकोसी देउसा पुगेको केही दिनमै साउन १४ गते साँझ मणिसुन्दरलाई मृ’त अवस्थामा भेटिएको भन्दै उनको ह’त्यामा सरकारी पक्षको हात रहेको बताएका छन् ।
अनुभव क्रा’न्तिको विज्ञप्तिमा भनिएको छ, ‘घरनजिकैको बुद्धिडाँडा बजारमा गएर फर्किने क्रममा सरकारी पक्षले नियोजित तरिकाले ह’त्या गरी फालेको अवस्थामा भिरमा ला’स भेटिएको छ । ला’सको अवस्था र घटनास्थलको प्रकृति हेर्दा ह’त्या गरी फालेको प्रस्ट हुन्छ ।’
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज रहेका राई २७ महिना लामो कारागार बसाइपछि साउन १ गते रिहा भएको र घर भेटघाटमा गएको बेला मृ’त फेलापरेको विज्ञप्तिमा उल्लेख छ ।