सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय निकै खटपट र तनावग्रस्त अवस्था देखिन्छ । तत्कालिन माओवादी केन्द्रमा रहदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको शक्तिशाली केन्द्रबिन्दुमा मानिन्थ्यो यधपी अझै सम्म यो स्थितिको अन्त्य भैसकेको भने छैन।
देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने मुख्य श्रेय उनैलाई जान्छ । प्रचण्ड नेतृत्वको दश वर्ष लामो जनयु’द्धले देशको राजनीतिक कोर्स नै बदल्यो । अढाई सय वर्ष देखिको केन्द्रिकृत राज्य प्रणाली र राजसंस्था नै ढल्यो । यसमा प्रचण्डको साहसिक राजनीतिक यात्रा नै मुख्य कारण थियो ।
जब प्रचण्ड गणतन्त्रको एजेन्डा लिएर जनयु’द्धका लागि भुमिगत थिए तब अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रको कल्पना सम्म गरिरहेका थिएनन् । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र आउँदैन भन्ने ठोकुवाका साथ ओलीले भनेका थिए, बयलगाडा चढेर अमेरिका पुगिदैन र यो आ’न्दोलनले गणतन्त्र आउँदैन । तर, उनै ओली गणतन्त्रका शक्तिशाली प्रधानमन्त्री बने । त्यो पनि प्रचण्डको साथ पाएर ।
ओलीले कुनैबेला माओवादीसँग मिल्नेलाई का’यर भनेका थिए । तर, उनै ओलीले प्रचण्डलाई पार्टीभित्र आफूसहित अध्यक्ष बनाउन सहमत भए । चुनावमा एकता गरेर जाँदा बहुमत हासिल गरी आधा आधा अवधि सरकार चलाउने सहमतिमा प्रधानमन्त्री बने । तर, ओलीले प्रचण्डलाई गलाउँदै र कमजोर बनाउँदै लगेको घट’नाक्रमले पुष्टि गरेको छ ।
आधा आधा सहमतिबाट प्रचण्ड ब्याक हुनुपर्यो । नेकपामा प्रचण्ड यति कमजोर हुँदै गएका छन् कि उनको पूर्व माओवादी समुहका केही प्रभावशाली नेताहरु ओलीसँग नजिकिएका छन् । समुहमा विस्तारै पहिरो गएको र ओलीले एकलौटी सरकार र पार्टी चलाएको भन्दै राजीनामा समेत मागे । दुईपटक राजीनामा माग्दा पनि ओली टसमस भएका छैनन् । प्रचण्डले ओलीवि’रुद्ध ठुलो साहस पनि गर्न सकेका छैनन् । उनी निकटस्थले नै प्रचण्ड किन यति कमजोर भए र साहस हरायो ? भनी प्रश्न गर्न थालेका छन् ।
मुलुकमा गणतन्त्र ल्याउँदा होस् या विगत १५ वर्ष यताका कतिपय राजनीतिक घट’नाक्रममा प्रचण्डले साहसिक निर्णयहरु गरेका थिए । उनले कतिपय निर्णयमा पछुतो समेत मानेका छन् । कटवाल प्रकरण गल्ती थियो भनेका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनुलाई पनि गल्ती मानेका छन् । पछिल्लो समय ओलीले एमालेसँगको एकीकरणलाई गल्ती मान्न थालेको निकटस्थले बताए । प्रचण्डले सार्वजनिक रुपमा आफूले कम्युनिस्ट एकता गर्दा गरेको त्यागबाट पश्चात्ताप त गर्नुपर्ने होइन भन्ने लाग्न थालेको बताएका छन् ।
प्रचण्ड अझै संसदिय राजनीतिको केन्द्रमा छन् किनभने अहिलेको राजनीतिक परिवर्तनको एजेन्डा र कार्यान्वयनमा उनकै मुख्य भुमिका हो केपी ओली सहायक मात्र हुन । यधपी प्रचण्डको नेतृत्वमा रहेका भेट्रान नेताहरु मोहन बैध किरण, नेत्र बिक्रम चन्द विप्लव, बाबुराम भट्टराई जस्ता नेताहरुले प्रचण्डले एजेन्डा छोडेको र धोका दिएको भन्दै उनको साथ छोडीसकेकाछन । तर पनि अहिले प्रचण्ड कम्जोर भएको देखेर सामाजिक संजाल भरी पुराना माओवादीहरु एकै ठाउमा आउनु पर्ने धारणा राख्नेहरु पनि त्यतिकै मात्रामा छन ।
उनी तत्काल रक्षात्मक देखिएका छन् तर आक्रामक बन्न पनि तयार हुन्छन् । प्रचण्डले सार्वजनिक रुपमै भनेका छन् कि उनी बिघटन गर्न पछि पर्दैनन् । एकता केन्द्र बिघटन गरी माओवादी गठन गरे, माओवादी बिघटन गरी नेकपा बनाए । उनी कुनैपनि बेला साहसिक निर्णय गरी राजनीतिमा हावी भइरहने स्वभावका छन् । उनको यही स्वभावले कुनैपनि बेला अकल्पनीय कदम चालेर राजीतिक माहोललाई बदलिदिन सक्छन् ।
प्रचण्ड सग पुराना साथी संगती नभए पनि उनि जहा जान्छन त्यही आफ्नो बनाउने एक खाले बिशेषताले उनलाइ राजनीतिक बृतमा एक न्युजमेकर र चलायमान नेता भनेर बुझेको देखिन्छ ।