राजनीति
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जना घुस सहित प्रकाउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लाई मंगलबार नियन्त्रणमा लिएको छ ।व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।
बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्ण नगरका व्यापरी अनिल कुमार झासगँ घुस वापतको रकम लेनदेन गर्दैगर्दा कार्यलय नजिकको बुद्धचोकबाट पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा।भीष्मप्रसाद भुसालले जानकारी दिए ।
रकम दिने गुट्खा चिनी व्यवसायी हुन् ।दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिएका रानालाई काठमाडौँ पठाउने तयारी भइरहेको भुसालले बताए ।
सोमबार मात्रै अख्तियारको बुटवल टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।