logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

साँझ ८ बजेपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रम ओली


  • राजनीति
  • बुधबार, साउन २१ २०७७

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् ।

पछिल्लो समय पार्टीमा देखिएको विवादले समाधानको बाटो नलिएपछि उनी बुधबार अबेर साँझ राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रम ओली बुधबार साँझ ८ बजेपछि शीतल निवास पुगेका हुन ।

नेकपा अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनालसहित पत्रकार सम्मेलन गरेका थिए । यो सम्मेलनमा यी तीन नेताले नै ओलीको चर्को आलोचना गरेका थिए ।

त्यसैले बुधबार साँझ राष्ट्रपति भेट्न शीतल निवास पुगेकाले ओलीको यो कदमलाई आशंकाका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार