logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुलमानलाई निरन्तरताको प्रस्ताव तयार, फेरिदै ओलीको मुड


  • राजनीति
  • आइतबार, भाद्र १४ २०७७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ ।

तर, उनको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका छन् । यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङलाई निरन्तरता नदिने संकेत गरेका थिए । उनले सामाजिक सञ्जालले घिसिङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नियुक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका छन् ।

आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगिएको स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार