logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

प्रकाण्डकी बहिनीले डिएसपी सामु दिएको त्यो जवाफ ‘ बरु म’र्छु तर रातो झण्डा छोडिदैन’


  • अखिल बिश्वकर्मा
  • बुधबार, भाद्र २४ २०७७

दश वर्षे जनयुद्ध गरिव, निमुखा र उत्पीडित वर्ग जाती समुदायको लागी एक उर्जा भर्ने राजनीति महाअभियान थियो । आज आएर समिक्षा गर्दा त्यसको मुख्य नेतृत्वकर्ताहरुमा उतारचढाव र बिचलन देखिएता पनि मुक्तिकामी जनतामा भने जनयु’द्ध अझै सम्म पनि प्रीय शब्द बनेर बसिरहेको छ ।

जनयु’द्धको मुल नेतृत्व प्रचण्ड सहितको नेताहरुको ठुली पंक्ति यति बेला सत्तारुढ भएको छ । तर मोहन बैध किरण अनि नेत्र बिक्रम चन्द विप्लव भने क्रा’न्तिमा धोका भएको भन्दै आ आफ्नो तरिकाबाट सं’घर्षमा नै छन । यधपी विप्लव नेतृत्वको नेकपा त सरकारद्धारा प्रतिबन्धित समेत छ । विप्लव नेकपा यति बेला जनताको सामु निकै सोधिखोजी र चासोको पार्टी बनेको छ ।

विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य सुदर्शन, केन्द्रिय नेताहरु बिरजङ्ग, रणबिर,ओम पुन, माइला लामा, सुमन लिम्बु लगाएतका केन्द्रिय देखी जिल्ला सम्मका धेरै नेताहरु नै जेल र हिरासतमा रहेका छन । केही ढेड वर्ष अगाडी नेकपाका प्रवक्ता पनि काठमाडौ आउदै गर्दा गिर’फ्तार भएका थिए । उनि गि’रफ्तार परेर रिहाइ भएको ५ महिना पछि नेकपा प्रतिबन्धित भयो ।

त्यसको वरिपरि (अर्थात् २०७५) को भाद्रमा उनको कालिकोटमा रहेका परिवारमा प्रशासनले केहि निगरानी बढाउद्दै थियो । सोही बेला डिएसपी बिनोद शर्माको टोली उनको घर मालकोटमा पुगेको थियो । सोही बेला उनकी बहिनी जैपुरा बिक र बुवा पहलबहादुर बिक बस्दै आएको घरमा पुगेका डिएसपीको कमाण्ड टोलीलाइ प्रहरीलाइ जैपुरा बिकले दिएको जवाफ निकै चर्चित बनेको थियो । हुन त स’हिदपरिवार, बेपत्ता परिवार र घा’इतेहरुले अहिले पनि कु’र्वानी दिन तयार रहेको भन्दै सामाजिक संजाल देखी बिभिन्न फोरममा बोल्दै आएकाछन ।

जनयु’द्धमा दुइ भाइ गुमाएकी र पछि एक बहिनी समेत गुमाएकी जैपुरा बिकले डिएसपीको अगाडी अभिएर यस्तो भनेकी थिइन । १० वर्षे जनयु’द्धमा आफन्त गुमायौ, स’हिद परिवारहरुले केही पाएनौं, ‘एक दुईजना सांसद बने, मन्त्री बने । हाम्रो न जीवन फेरियो, न अवस्था नै’, ‘भाइ बहिनीको ब’लिदानीको सम्मानका लागि रातो झण्डा बोकेर हिँड्न बाध्य छौँ । बरु ज्यान गए जान्छ । दुई भाइ र एक बहिनी गुमिगए, बुवा आमाले कहिल्यै सुख पाएनन् । त्यसैले अब झन केहिगरे पनि सं’घर्ष बाट पछि नहट्ने भन्दै कडा सवाल जवाफ गरेकी थिइन ।

सायद अहिले सहिदपरिवार, बेपत्तापरिवार र घा’इते अपा’ङ्गलाइ केहि सोध्यो भने आउने जवाफ यि यस्तै भावको हुने देखिन्छ ताकी केहीलाइ वर्ग उत्थान र केहीलाइ ब्यवस्थापन बाहेक सबै उपलब्धि गुमिसकेको तितो यथार्थता सबै सामु छर्लङ्ग नै रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार