logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको गाउमा भब्य कार्यक्रम सहित स्वागत र सम्मान


  • राजनीति
  • शनिबार, भाद्र २७ २०७७

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको गृहगाउमा भब्य कार्यक्रम सम्पन्न भएको छ । रोल्पाको इरिवाङ्ग एक सामुदायिक भवनको उद्द्घाटन कार्यक्रममा सबै गाउ नै सहभागी भएको हो । परिवर्तन गाउपालिका वडा नं ३ साबिकको इरिवाङ गा.वि.स. वडा नं ६ को केवरीमा रहेको दुइखोली सुवाखोला सामुदायिक वन उपभोक्ता समितिले सम्मान तथा कार्यालय उद्घाटन कार्यक्रममा नेकपाका जिल्ला नेताहरुलाइ स्थानिय जनतालाइ अगाध प्रेमका साथ भब्य स्वागत र सम्मान गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दले दैनिक जीवन निर्वाह गर्न बनको अति नै आवश्यकता भएकाले सबै एकजुट भएर बन संरक्षणमा ध्यान दिनुपर्ने बताए । साथै बन क्षेत्रमा रहेका बाझो जमिनहरुमा बृक्षारोपन गर्नु पर्ने आवश्यकता रहेको बताए । अर्को प्रसङ्गमा युवा नेता दिनेशले नेपाल कम्युनिस्ट पार्टीले अहिलेको दलाल संसदीय व्यवस्थालाई जरैदेखि उखेलेर एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान् अभियानमा लामबद्घ भइरहेकोले आ–आफ्नो ठाउँबाट क्रा’न्तिलाई सक्दो सहयोग गर्न अनुरोध गर्नु गरे ।

स्थानीय स्तरमा स्थानीय सरकारद्वारा चरम भ्रष्टाचार, अनियमितता, ज्यादती भइरहेकाले यसलाई रोक्न नागरिक सचेत ढंगले लाग्नु पर्ने पनि बताए । अहिले विश्वभरि नै कोभिड–१९ महामारी तीब्र रूपमा फैलिरहेको र हाम्रो देशमा पनि व्यापक रुपमा फैलिरहेकाले सुरक्षाका उपायहरु अपनाएर मात्र दैनिक कामकाज गर्न अनुरोध समेत गरे ।

अर्का बिशिस्ट अतिथि नेकपा परिवर्तन गाउँ कमिटी इन्चार्ज प्रज्वलले बन उपभोक्ता समितिलाई आफुहरुले नैतिक भौतिक रुपमा सक्दो सहयोग गर्ने बताए । बन संरक्षण गर्ने दायित्व सबैको भएको हुँदा सबै उपभोक्ताहरु एक भएर बनको जगेर्ना गर्न आग्रह गरे ।

यसैगरी अतिथि इलाका बन कार्यालयका प्रमुख खड्कबहादुर पुनले बन संरक्षण जगेर्ना गर्न यहाँका राजनीतिक दल, बुद्धिजीवि, उपभोक्तासँगको परामर्शमा आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा उक्त बन समितिका पुर्व अध्यक्षहरुलाई खादा–माला लगाएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा आएका उपभोक्ताहरुले नेकपा रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दलाई फुल मालाले स्वागत गरेका थिए ।


उक्त बन उपभोक्ता समितिका सदस्य धरमबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रमलाई लोकेन्द्र चन्दले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्द थिए । । विशिष्ट अतिथि इलाका बन कार्यालयका प्रमुख खड्कबहादुर पुन, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटीका इन्चार्ज एवम् युवा संगठन नेपाल रोल्पाका अध्यक्ष तथा केन्द्रीय सदस्य पृथ्वी डागी (प्रज्ज्वल) रहेका थिए भने अतिथिहरु परिवर्तन गाउँपालिका वडा नं ३ का वडा सदस्य बिनोद घर्ती, बन समितिका सल्लाहकार एवम् केवरी गाउँका अगुवा बुद्धिजीवि महेन्द्र चन्द, सेरबहादुर डागी, धनबहादुर डागी, मोहनलाल बुढा, अतिराम बुढा, बन कार्यालयका कर्मचारी खगेन्द्र खड्का र बुद्धिजीवि गुप्तबहादुर खड्का लगायत रहेका थिए ।


कार्यक्रममा करिव ३०० जनाको उपस्थिति रहेको थियो । उक्त सायुदायिक बन रहेको गाउँ इरिबाङ ६ केवरी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको जन्म भुमी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार