logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

केपी ओली पनि पेरिसडाँडा जाने , नेकपाको अबको त्यही बस्ने


  • राजनीति
  • बुधबार, भाद्र ३१ २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।

शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो । नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको छ ।

राजनीतिनै नगरेकालाइ अर्थ हेर्ने मन्त्री, को हुन उनी !

बालुवाटारमा मौलाएको नयाँ खेलोमोलो हो यो– मन्त्रिपरिषद् पुनर्गठन र वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने ।

पात्र पनि तयार पारिएको छ, डा. विमला राई पौड्याल ।

उनलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले नै मन्त्रालयका कामहरु संयोजन गर्ने तयारी रहेको बालुवाटारस्रोतले जनाएको छ ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्येकी एक सांसद हुन्, विमला ।

केपी ओलीको अघिल्लो (०७२) को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी उनी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएकी थिइन् ।

उनी विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा थिइन् । ०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन् । विवाह भने राई थरका पुरुषसँग गरेकी हुन् ।

त्यसयता उनी कुनै पनि राजनीतिक भूमिका र जिम्मेवारीमा छैनन् ।
जनतासँग नजोडिएको व्यक्ति कुनै विषयको विज्ञ भएकै नाममा मन्त्री हुँदा सरकारलाई पर्ने क्षतिका अनगिन्ती उदाहरण छोडेर भर्खरै डा.खतिवडा मन्त्रीबाट बहिर्गमित भएका छन् ।
विमला पनि गैरराजनीतिक पृष्ठभूमिबाट सांसद बनेकी हुन् ।

नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गरेकी उनले त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थतन्त्रमा स्नातक तहको अध्ययन पनि गरेकी छन् ।

जनाअस्थाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार