राजनीति
जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियसभालाई निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरुले भरेर राखिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्,‘राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो! पत्नीसंग पनि इच्छा विपरित यौ’नकर्म गर्नु ब’लात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र?बरू९०%बला’त्कार आ’रोप सत्य र १०% झुटो पो होला त?Shame to ra’pist apologists!”
