logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

एसिड आक्रमण गर्नेलाइ कडा कार्वाहीका लागी अध्यादेश


  • राजनीति
  • शुक्रबार, असोज ९ २०७७

सरकारले एसिड आक्रमण गर्नेलाई का’रबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आ’क्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अप’राधका दो’षीमाथि का’रबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए ।

त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार