राजनीति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बला’त्कारीलाई मृ’त्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ब’लात्कार ह’त्या प्रकरणमा हाम्रो राज्य नै दो’षी रहेको पुष्टि भइसकेको भन्दै ब’लात्कारीलाई मृ’त्युदण्ड दिनुपर्ने जिकिर गरेको हुन् ।
नेता भट्टराईले राजतन्त्रकालका नमिता – सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बला’त्कारपछि ह’त्या भएको घ’टनाको आइतबार ट्वीटरमा उल्लेख गरे ।
गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक ब’लात्कारपछि ह’त्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अ’पराधी नपक्रने र मु’द्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई का’रवाही जरुरी रहेको उनको भनाइ छ ।
कञ्चनपुरकी निर्मला पन्तको ह’त्या भएको दुई वर्ष वितिसक्दा पनि अ’पराधी पत्ता लागेको छैन । उनले अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अप’राधीलाई मृ’त्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।
भट्टराईले ट्वीटरमा लेखेका छन्,’राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बला’त्कार-ह’त्या प्रकरणमा हाम्रो राज्य नै दो’षी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं: १- अ’पराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई का’रबाही;२- अदालतमा छुट्टै बेन्चको स्थापना;३- अप’राधीलाई मृ’त्युदण्ड!’
आइतबार काठमाडौंमा भएको प्रदर्शनमा पनि ब’लात्कारवि’रुद्ध कडा कानुन बनाउनका साथै दो’षी ठहर भएका बला’त्कारीलाई फाँसीको सजायसमेत दिन माग गरिएको थियो ।