logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

ओलीको कदमले नेकपामा तरंग, भोली नै सचिवालय बस्दै


  • राजनीति
  • शुक्रबार, असोज १६ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो नियुक्तिको प्रकरणले दल र दल बाहिर तरंगनै पैदा गरेको छ ।

ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनबारे अझै कुरा मिल्न सकेको छैन । सहमति बन्न नसकिरहँदा प्रधानमन्त्री ओलीले मुख्य सचिव र राजदूतको नियुक्ति गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।

शनिबार सचिवालय बैठक बसेर वि’वाद समाधानबारे छलफल गर्ने तयारी भएको छ । नेकपाभित्र दुई अध्यक्षबीच समस्या बढ्दा सचिवालयले समाधानको प्रयास गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार