राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड गुटबीच भएका झ’डपमा एकजनाको ज्या’न गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झ’डप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया नि’धन भएको पर्साका एसपी गङ्गा पन्तले बताइन् ।
झडपमा चौधरीलगायत ८ जना घा’इते भएका थिए । उनीहरुको उपचार वीरगञ्जको विभिन्न अस्पतालमा चलिरहेको थियो । तीनजनाको हिजो नै डिस्चार्ज गरियो । मुकेश चौरसियाको उपचार भेन्टिलेटरमा राखेर उपचार चलिरहेको बेला आज विहान उनको नि’धन भएको एसपी पन्तले बताइन् ।
वीरगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रहवर अन्सारीले ओली गुटका केही कार्यकर्ताहरु आएर सपथ ग्रहण चलिरहेकै बेला हुलदङ्गा मचाएको आ’रोप लगाए । उनीहरु झग’डा गर्ने मनसायले नै आएको दावी गर्दै उनले साथमा लठी तथा भाटाहरु पनि ल्याएको बताए । ‘सपथग्रहण कार्यक्रममा सहभागीका लागि दुवै पक्षलाई जानकारी थियो तर समायोजनमा के कुरामा चित्त बुझेन अनि आएर सिधै मा’रपिट नै गर्न थाले,’ उनको आ’रोप छ ।
तर जिल्ला अध्यक्ष प्रभु हजरा भन्छन्, ‘यो कुनै गुटबीचको झ’डप थिएन, पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुले यस्तो गरेका छन् । समायोजनामा पद बाँडफाँड हुँदा जसले पद पाएन उनीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्दा झड’प भयो । दु’र्भाग्यवस यस्तो घट’ना हुन गएको उनले बताए ।
उनले आजै एक विज्ञप्ति जारी गरी पार्टीसँग असम्बन्धित व्यक्तिहरु कार्यक्रम विथोल्ने उद्देश्यले पार्टी कार्यकर्ता तथा कार्यक्रम आयोजक सदस्यहरुमाथि अ’चानक आ’क्रमण गरेको बताएका छन् । घ’टनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै चौरसियालाई स’हिद घोषणाको माग पनि गरेको छ ।
नेकपा जिल्ला सदस्य एवम् पूर्व सांसद राजकुमार गुप्ताले कार्यक्रममा पूर्वमाओवादी पक्षले तत्कालिन एमालेका नेताहरुलाई नबोलाएको कारण यस्तो अवस्था सृजना भएको बताए । उनले भने, ‘माओवादीवालाहरुले एमालेवालाहरुलाई नबोलाउँदा त्यस्तो घट’ना भएको हो ।’
प्रहरीले हनिस मियाँ र देवा सहनीलाई पक्राउ गरेको छ । गाउँपालिकामा कार्यक्रम थियो भन्ने कुराको जानकारी प्रहरीलाई थिएन । जब झ’डप भयो, अनि मात्र प्रहरीहरु त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी पन्तले बताइन् । घट’नाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीलाई का’रवाही हुने उनले बताइन् ।