logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डको पत्रमा ओलीको यस्तो तोक आदेश


  • राजनीति
  • मंगलबार, कार्तिक २५ २०७७

शनिबार नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यहरूले बैठकको निम्ति अनुरोध गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको लिखित पत्रमा सोमबार उहाँले ‘आवश्यक कार्यार्थ’ भनेर तोक लगाउनुभएको छ ।

अध्यक्षले तोक लगाएको सोहि पत्र बोकेर महासचिव विष्णु पौडेल बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुग्नुभएको तर ‘दास मनोवृत्तिका मानिसहरु अब धेरै नसल्बलाए हुन्छ’ भन्ने गाली खानुभएको श्रोत बताउँछ ।

सचिवालय बैठक बोलाउन आग्रह गर्दै लेखिएको सामूहिक पत्रमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षले तोक लगाएपछि बैठकको मिति तय गर्न भन्दै महासचिव पौडेलले बालुवाटार र खुमलटार ओहोरदोहोर गर्नुभएको हो । तर, बैठक सितिमिति बस्ने छाँट छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार