logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

उपप्रधानमन्त्री बन्न ओलीको अफर, वामदेवले भने यो सरकारमै जान्न


  • राजनीति
  • शुक्रबार, कार्तिक २८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई रक्षा मन्त्रालय सहित उपप्रधानमन्त्रीको अफर गरेको स्रोतको दाबी छ । रक्षाको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् । पार्टीभित्र आफूविरु’द्ध घेराबन्दी भैरहेको अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो कित्तामा ल्याउनको लागि यस्तो अ’स्त्र प्रयोग गरेको स्रोतको दाबी छ ।

ओलीको अफर जे जस्तो भए पनि उपाध्यक्ष वामदेव गौतम वर्तमान सरकारमा सहभागी नहुने भएका छन् । उनले केपी शर्मा ओलीवि’रोधी क्याम्प पनि नछाड्ने भएका छन् ।

गौतम निकट स्रोतका अनुसार उनले आफू वर्तमान सरकारमा नजाने स्पष्ट पारेका हुन् । सर्वोच्च अदालतले वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा नहन नदिनु र मन्त्री बन्नबाट रोक्नु भनी दायर रिटको संवैधानिक इजलाशले अन्तरिम आदेश गर्नुनपर्ने भनेपछि गौतमको मन्त्री बन्ने ढोका खुलेको थियो । उक्त फैसलालाई नेकपाको वर्तमान वि’वादसँग समेत जोडेर हेरिएको छ ।

गौतमलाई आफ्नो क्याम्पमा ल्याउन ओलीले उनलाई उपप्रधानमन्त्री बनाउनसक्ने चर्चा समेत छ । ओलीनिकट नेताहरुले सामाजिक सञ्जालमा त्यस्तै आशयको सन्देश दिएका छन् । तर, गौतमले आफूलाई पटक पटक धोका भएको भन्दै ओली पक्षमा नजाने निकटस्थसँग स्पष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार