logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टी अध्यक्ष नेपाल प्रधानमन्त्री ओली


  • राजनीति
  • बुधबार, मंसिर ३ २०७७

सत्तारूढ लद नेकपाभित्रकाे विवाद बिभाजनकाे बिन्दुमा पुगेकाे छ। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई फकाउन काेसिस राष्ट्रपति देखि आफू निकट नेताहरु सबै लगायर गरे तर प्रचण्ड नफकिने स्थितिमा नयाँ रणनिति अख्तियार गरेको देखिन्छ ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अप्रत्याशित रुपमा केपी ओलीमाथि प्रहार गर्दै राजनीतिक प्रस्ताव र व्यक्तिगत पत्र दर्ज गराएपछि प्रधानमन्त्री ओली आक्रोशित र अचम्मित बनेका थिए । यही आक्रोशका वीच प्रधानमन्त्रीले बैठक सकिनासाथ माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेललगायतका नेताहरुसँग छुटट्ै छलफल गरे । र, अब प्रचण्डसँग सँगै हिँड्न नसकिने स्थितिको आँकलन गरे । तर, माधव नेपाल र वामदेव गौतमले समस्या केपी ओलीभित्रै रहेको बताएपछि उनी निरुत्तरित जस्तै देखिए ।

भोलिपल्ट शनिबारसम्म प्रधानमन्त्री ओली प्रचण्डलाई फकाउने ‘मुड’मा थिएनन् । शनिबार दिँउसो ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा बोलाएर डेढ घण्टा एक्लाएक्लै छलफल गरे । तर, त्यो छलफलमा पनि उपाध्यक्ष गौतमले प्रचण्डलाई फकाएर अघि बढ्नुको विकल्प प्रधानमन्त्रीलाई सुझाए ।

वामदेव गौतमसँगको छलफलपछि प्रधानमन्त्री ओलीले शनिबार बै बालुवाटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग दुईघण्टा छलफल गरेका थिए । सो छलफलमा पनि बरिष्ठ नेता माधव नेपालले प्रचण्डलाई समेत विश्वासमा लिएर अघि बढ्नुको विकल्प नरहेको पुरानो अडान दोहोर्‍याए । हुन त सो भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध आक्रोश नै पोखेका थिए ।

नेकपामा उत्पन्न जटिल परिस्थितिको सामनाका लागि प्रधानमन्त्री ओली पक्षका नेताहरुले कहिले प्रचण्ड खेमालाई माधव नेपालहरुबाट छुटाएर आफूसँग नजिक ल्याउने त कहिले माधव नेपाल- वामदेवलाई फकाएर पूर्वमाओवादी खेमालाई कमजोर पार्ने रणनीति अपनाएको देखिन्छ । तर, मंगलबार साँझसम्म आइपुग्दा प्रचण्ड-माधव- वामदेवको गठबन्धन टुटाउन ओली पक्ष सफल भएको देखिँदैन ।

यो अवस्थामा ओली पक्षको अर्को रणनीति भनेको बुधबार दिउँसो बस्ने भनिएको सचिवालय बैठक केही दिनका लागि पछाडि धकेल्नु हो । तर, आफ्नो समेत सहमतिमा तोकिएको बैठक स्थगन गर्न माधव-प्रचण्ड पक्ष सहमत देखिएन ।

आफ्नै सहमतिमा बोलाइएको बैठक बहिस्कार गर्न ओली पक्षलाई सजिलो छैन । त्यसैले बुधबार सचिवालय बैठकचाहिँ बस्ने तर त्यहीँबाट अर्को दिनलाई सार्ने रणनीति ओली पक्षले लिएको देखिन्छ । प्रचण्ड-माधव पक्षचाहिँ बुधबारको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुनुपर्ने, नभए स्थायी कमिटी बैठकको मिति तय हुनुपर्ने पक्षमा देखिएको छ ।

यस्तो अवस्थामा अब प्रचण्डलाई फकाउनका लागि प्रधानमन्त्री ओलीसँग दुईवटा ‘कार्ड’ बाँकी रहेको सूत्रहरु बताउँछन् ।

एउटा कार्ड हो- प्रधानमन्त्री पद आफैंले राखेर अध्यक्ष पदचाहिँ माधव नेपाललाई सुम्पने ।

र, अर्को कार्ड हो – अबको एक वर्ष केपी ओली नै पार्टी र सरकार प्रमुखमा रहने र अर्को वर्षदेखि चुनावी सरकारको नेतृत्व प्रचण्डलाई सुम्पने । र, महाधिवेशनपछि पार्टीको अध्यक्ष बनाउन आश्वस्त पार्ने ।

यति गर्दाखेरि प्रचण्ड फकिन सक्ने र नेकपाको एकता जोगिने ओली पक्षको बुझाइ रहेको नेकपाको उच्च स्रोतले बतायो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार